४ नं वडाले उचाल्यो पाख्रीबास मेयरकप फुटवलको उपाधी ! (फोटो फिचर सहित)

धनकुटा खबर । धनकुटाको पाख्रीवासमा सञ्चालित वडा स्तरिय प्रथम मेयरकप फुटवल प्रतियोगिताको उपाधी वडा नं ४ ले उचालेको छ ।

वडा नं ९ सँग आज फईनलमा भीडेको उस्ले १ को विरुद्ध २ गोल लगाउदै उपाधि उचालेको हो । ४ नं वडा लाई जीत दिलाउनका लागि जर्सी नं ६ का खेलाडी मदित गुरुङले २ गोलको योगदान गरेका थिए । वडा नं ९ का लागि भने जर्सी नं २९ का खेलाडी युवराज मोक्तानले १ गोल गरेका थिए तर पनि ९ नं ले हार टार्न सकेन ।

जित सँगै वडा नं ४ ले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो स्थानमा चित्त वुझाएको ९ नं वडाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यपछिका ३ र १० नं वडाले नगद १०/१० हजार सहित प्रमाण पत्र पुरस्कार पाएकाछन् । प्रतियोगितामा वडा नं ३ का अनिल राई वेष्ट प्लेयर,वडा नं २ का विकास गान्छाकी हाईस्कोरर,वडा नं ९ का सन्तोष मगर वेष्ट किपर र वडा नं १० का उज्वल भण्डारी उदयमान खेलाडी घोषित भएकाछन् ।

प्रतियोगिताका विजयी वडा तथा खेलार्डीहरुलाई प्रदेश सभा सांषद तथा प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि ईन्द्रमणी पराजुली,नगर प्रमुख वृष वहादुर राई लगायतकाले पुरस्कार प्रदान गर्नुभएको प्रतियोगिता प्रचार प्रसार उपसमितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो ।

पाख्रीवास नगरपालिकाको आयोजनामा गत माघ १६ गते देखी सञ्चालित प्रतियोगिताको समापन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधि, राजनीतिक दलका पदाधिकारी लगायतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।