नयाँ बिरामीहरु फेलापरेपछि पुनः प्रदेश १ का ५ जिल्लामा हात्तिपाइले विरुद्ध औषधि खुवाइने

धनकुटा खबर । लगातार ७ चरणमा औषधी खुवाइए पनि हात्तिपाइले रोग संक्रमित नयाँ बिरामिहरु फेला पर्दै गए पछि प्रदेश १ का ५ वटा जिल्लामा यस बर्ष फेरी हात्तिपाइले रोग विरुद्ध औषधि खुवाइने भएको छ ।

निरन्तर ७ औ चरणसम्म हाक्तिपाइले रोग विरुद्ध औषधि सेवन गरेका ब्यक्तिले थप औषधि खानु नपर्ने भए पनि धनकुटामा गरिएको नमुना रगत परिक्षणमा लक्ष्य अनुरुप हाक्तिपाइले संक्रमितहरुको सख्या घटेको नदेखिएपछि पुनः आठौैं चरणमा औषधि खुवाउन लागिएको स्वास्थ्य निर्देशनालय प्रदेश १ को कार्यालयले जनाएको छ ।

प्रदेश १ का धनकुटा सहित मोरङ्ग, झापा, इलाम र पाचथरमा यस बर्ष फागुन १५ गतदेखि हाक्तिपाइले रोग विरुद्धको औषधि खुवाइदैछ । सन् २००१ मा गरिएको सर्वेक्षणको नतिजा अनुसार क्यूलेक्स जातको लामखुट्टेको टोकाइबाट मान्छेमा सर्ने यो रोगबाट नेपालका ६१ जिल्ला प्रभावित छन् ।

सन् २०२० सम्ममा मुलुकबाटै हाक्तिपाइले रोग उन्मोलन गर्ने लक्ष्य अनुरुप धनकुटा सहित प्रदेश नम्वर एकका ५ वटा जिल्लामा आउँदो फागुन १५ देखि आठौं चरणमा यो रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम छ । आज धनकुाटामा आयोजित एक कार्यक्रममा स्वास्थ्य निर्देशनालय प्रदेश १ का प्रमुख भोगेन्द्र डोटेलले हात्तिपाइले रोग विरुद्धको औषधी खाएर उद्यघाटन गर्नुभयो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की जिल्ला स्थित राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी सञ्चाकर्मी लगायतको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।