धनकुटाका ३ सय ५० घर परिवारलाई टिनको छानो !
धनकुटा खबर । सुरक्षित नागरीक आवास कार्यक्रम अन्र्तगत धनकुटा जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकाका ३ सय ५० घर परिवारलाई टिनको छानो लगाउनका लागि प्रति परिवार ५० हजार उपलब्ध गराईने भएको छ ।
जस अन्र्तगत धनकुटा नगरपालिका वडा १ देखि १० वटै वडाका ५० परिवार, पाख्रिवास नगरपालिकाका ५, ७ र ८का ५० परिवार महालक्ष्मी नगरपालिकाका ४, ५, ६ का ५० परिवार ,चौबिसे गाउँपालिकाका २, ३, ५का ५० छथरपोरपाटी गाउँपालिकाका १ देखि ६ वडा सम्मका ५० परिवार साँगुरीगढी गाउँपालकाकाका ७, ८ का ५०परिवार र शहिदभूमी गाउँपालिकाका २, ३, ५, ६ नम्बर वडाका ५० परिवार लाई खरको छानो विस्थापित गरी टिनको छानो लगाउनका लागि सुरक्षित आवास नागरीक आवास समन्य समितीले उक्त रकम उपलब्ध गराउने भएको हो ।
त्यसका लागि यही बैशाख ३ गते देखि १२ गते सम्म आफ्नो घरको छानो फेरीपाउँ भनि वडा कार्यलयमा निवेदन दिन सकिने जिल्ला समन्य समिती कार्यलय धनकुटाका कर्मचारी सिताराम गौतमले जानकारी दिए । सोमबार बसेको सुरक्षित आवास नागरीक आवास समन्य समितीको बैठकले यस बारेमा निर्णय गरेको गौतमले बताए ।


