धनकुटामा भोलिदेखि प्रदेश १ स्तरिय महिला भलिबल प्रतियोगिता हुँने
धनकुटा खबर । धनकुटामा भोलिबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रदेश न १ सरकारको सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गते सम्म संचालन हुने स्थानिय संयोजक समितीले आज धनकुटामा पत्रकार संमेलन गर्दै जानकारी दिएको छ ।
प्रतियोगितामा प्रदेश न १ का १४ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितीको प्रतिनिधीत्व गर्दै १ सय ५४ जना खेलाडी र अफिसियल सहभागि हुने र प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख नगद सहित शिल्ड प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्ने छ ।

भने व्यातिmगत विद्या तर्फ उत्कृष्ठ हुने खेलाडी लाई नगद रु ५ हजारको दरले पुरस्कृत गरिने स्थानिय आयोजकले जानकारी दिएको छ । खेल सम्पन्न गर्न करिब २६ लाख लाग्ने अनुमान गरिएको छ ।


