पाख्रीबासको तालतलैयामा अर्को आकर्षक मूर्ति बनाऊन शुरु
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका ४ को पर्यटकीय स्थल तथा पीकनिक स्पोर्ट श्री संसारी माईपूजा सिमसार क्षेत्र (तालतलैया)मा पर्यटन प्रवद्र्धका लागि भईरहेको विकास निर्माणको क्रममा अर्को आकर्षक मूर्ति निर्माण गर्ने काम शूरु भएको छ ।
१ नं प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठको संषद विकास कोष मार्फत संसारी माईपूजा सिमसार संरक्षण समितिलाई प्राप्त १० लाखको लागतमा भगवान शिवको मूर्ति निर्माण गर्ने काम थालिएको हो । काम गर्दै जाने क्रममा कुनै प्राविधिक कठिनाई नआए आउदो जेष्ठ महिना भरीमा सक्ने उद्देश्यका साथ अहिले काम भईरहेको समितिले जनाएको छ ।

यो मूर्ति ९ वाइ ९ गोलाईमा १५ फिट अग्लो वनाईने लक्ष रहेको समितिका सदस्य श्याम प्रकाश राईले वताउनुभयो । जसअनुसार अहिले मूर्ति निर्माणका लागि चर खन्ने काम भईरहेको उहाँले वताउनुभयो । यसअघि यहाँ भगवान वुद्धको मूर्ति निर्माण भईसकेको छ ।
वुद्धको मूर्तिलाई थप व्यवस्थित र आकर्षक वनाउने क्रममा यसअघि हाल वेलायत निवासी ज्ञान वहादुर गुरुङवाट प्राप्त २ लाख सहयोग मार्फत मूर्ति स्थापना गरिएको ठाउँको वरिपरीको सतह समतल वनाउने काम गरिएको छ ।

वरिपरी चिया वगानको हरियाली दृष्यको अवलोकन गर्दै वनभोज खान र तालमा वोटिङ समेत गर्न पाईने यो पर्यटकीय स्थलमा अहिले पनि निरन्तर पर्यटकहरु आउने गरेको समितिले जनाएको छ । यहाँ अहिले पनि विहान ८ देखी साँझ ५ वजे सम्म वोटिङ हुने गरेको छ ।



