आदीवासी जनजाती अगुवाहरुलाई विना शर्त तत्काल रिहाईको माग

धनकुटा खबर । नेपाल आदीवासीजनजाती माहासंघ जिल्ला समन्वय परिषद धनकुटाले पक्राउ परेका आदीवासी जनजाती अगुवाहरुलाई तत्काल रिहाईको अपील गरेको छ ।

लोक सेवा आयोगको विरुद्धमा आन्दोलन गर्ने क्रममा शनिवार सुनसरी ईहरी चोकवाट पक्राउ परेका नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष राज कुमार राई सहित १५ जनालाई विना शर्त तत्काल रिहाईको माग गरेको हो ।

संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ “श्रावण ४ गतेका दिन सुनसरी जिल्लाको ईटहरी चोकमा भएको लोसेवा आयोगको विरुद्धको आन्दोलनको क्रममा वर्तमान सरकारका भरौटेहरुले नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष राजकुमार राई लगायत आदीवासी जनजाती अगुवाहरु १५ जनालाई अमानविय ढंगले पक्राउ गरेको घटना प्रति नेपाल आदीवासी जनजाती महासघं जिल्ला समन्वय परिषद धनकुटा घोर भर्सना गर्दछ ।

साथै खोटाङ लागत देशका अन्य स्थानमा आन्दोलनको क्रममा आदीवासी जनजाती अगुवाहरु माथि गरिएका धरपकडका घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दै विना शर्त तत्काल रिहाईको अपील गर्दछौ ।” परिषदका अध्यक्ष सञ्जय सन्तोषी राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक मूल्य मान्यता आधारित भएर भएर अधिकार प्राप्तिका लागि गरिएको आदिवासी जनजाती भूमीपुत्रहरुको शान्तिपूर्ण आन्दोलन प्रति वर्तमान सरकारले मच्चाएको राज्य आतंक विरुद्ध महासंघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

यस्ता खालका राज्य आतंक विरुद्ध देश व्यापी रुपमा जुट्दै सक्कली संघीयता प्राप्तिका लागि एक हुन परिषदले सवै एकलजातीय संस्था,महिला,मधेसी,मुस्लिम,महिला,दलित, अपाङगता सम्पूर्णलाई आन्दोलनमा ऐकिवद्धता जनाउन आग्रह गरेको छ ।

परिषदले लोकसेवा आयोगले स्थानिय तहमा रिक्त रहेका पद पूर्तिका लागि गरिएको दर्खास्त आह्वान कार्य संविधानको मूल मर्म,भावना सिद्धान्त र संविधानको प्रस्तावाना धारा ४२ तथा परिवर्तनको आकांक्ष विपरित रहेको उल्लेख गर्दै नेपाल आदीवासी जनजाती महासंघले सम्वद्ध निकायलाई ध्यानाकर्षण गराउदै सच्याउन अनुरोध गर्दा पनि नसच्याएकोले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖