धनकुटाका नवनियूक्त प्रजिअको कार्ययोजना – शान्ति सुरक्षा देखि गाजाँ नष्ट सम्म
धनकुटा खबर, २० भदौ । धनकुटाका नवनियूक्त प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले गृहमन्त्रालयका सचिवसंग भएको करार नाम अनुसार आफू अगाडी बढ्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी संग आज गरेको परिचयात्मक तथा अन्तकृया कार्यक्रमा प्रमुख जिल्ला अधिकारी घिमिरेले यस्तो बताएका हुन् ।
गृहमन्त्रालय अन्र्तगत रहेको जिल्ला प्रसासनले शान्ति सुरक्षा कायम राख्नु मुख्य जिम्बेवारी रहेको बताउदै प्रमुख जिल्ला अधिकारी घिमिरेले हरेक हिसाबले आपराधिक कार्य बढेकाले त्यसको नियन्त्रण गर्न आफू लागि पर्ने बताए ।

साथै पछिल्लो समय धनकुटा जिल्ला गाँजा खेतिका लागि कहलिदै गएकोले गाजाँ खेति नष्ट गरिने बताए । सडक संचालनमा अबरोध हटाउने , अवैध हातहतियार नियन्त्रण गर्ने आफ्ना कार्ययोजना रहेको बताउदै घिमिरेले त्यसका लागि पत्रकारहरुको सकारात्मक सहयोगको उपेक्षा राखेको बताए ।
फरक प्रशंगमा बोल्दै प्रजिअ घिमिरेले धनकुटामा अब कसैले पनि सार्वजनिक सरोकारका बिषयमा सुचना माग्ने र पाउने बतावरण बनाउने समेत बताए । कार्यक्रकको स्वागत पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले राख्नु भएको थियो भने अध्यक्षता पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले गर्नु भएको थियो भने संचालन विदुर खवासले गर्नुभएको थियो ।


