धनकुटा सहित १६ जिल्लामा लागु भएको पढाई कार्यक्रम प्रभावकारी बन्दै

धनकुटा खबर, ५ असोज । धनकुटा सहित मुलुकका १६ जिल्लामा लागु भएको राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रम धनकुटामा प्रभाव कारी बन्दै गएको छ । कक्षा एक देखि तीनसम्मका बिद्यार्थीको पढाइ सीपमा सुधार गर्न लागु भएको हो ।

मौजुदा पाठ्यक्रम र पाठ्यपुस्तकको सान्दर्भीकतामा समयानुकुल परिर्माजनको आबश्यकता महशुस गरिरहदा बालबालिकाको मनोविज्ञान बुझेर पढाउन सिकाउने यो तरिका सरकारी विद्यालयमा प्रभावकारी देखिएको छ । बालगीत, कथा र कविता पढ्न पाउदा आफू लाई खुसी र पढ्न समेत रमाईलो लागेको धनकुटाको भीरगाउँमा रहेको टंकमाध्यमिक विद्यालयको कक्षा दुइमा पढ्ने अस्मीत गुरागाई सुनाउँछन् ।

रमाइलो पढाइ दिगो सीकाईको उदेश्य राखेर दुइबर्ष अघिबाट यो विद्यालयमा राष्ट्रिय प्रारम्भीक कक्षा कार्यक्रम लागु गरिएको हो । एक, दुइ र तीनका विद्यार्थीमा देखिएको पढाइ प्रतिको तत्परताले सुद्धसँग पढ्ने, पढेका कुरा बुझ्ने र बुझेका कुरालाई बोलेर वा लेखेर व्यक्त गर्ने बानीमा सुधार हँुदै गएको शिक्षक उमा पौडेल बताउछिन् ।

दोस्रो भाषका रुपमा मात्र नेपाली बोल्ने बालबालिका हरु लाई पढाई प्रति रुची जगाउन साथै विद्यालय आफै जान्छु भनेर तयार गर्न समेत राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमले वतावरण तयार पारेको सुरुङ्गगे प्राविका प्रध्यानाध्यापक बलराम दाहाल बताउँनछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।