सरकारले सार्वजनिक गर्‍याे मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण, तीन मन्त्रीको विवरण गो’प्य

काठमाडौं, असोज १० . प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

सरकारी वेबसाइटमा ‘आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण’ शीर्षकमा ०७४–७५ कै विवरण राखिएको छ । वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण भन्ने शीर्षक छ।

जसमा आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण भनेर उल्लेख गरिएको छ । तर, त्यहाँ गत वर्षकै विवरण छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले यसबारे आफूलाई केही थाहा नभएको बताए । सूचना प्रविधि शाखासँग समन्वय गरेर मात्रै प्रतिक्रिया दिन सक्ने उनले बताए । ‘आव ०७५/७६ को सम्पत्ति विवरण प्राप्त भइसकेको छ, सार्वजनिक गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन्छ, गलत शीर्षक परेको मलाई थाहा छैन ।’

सरकारका प्रवक्ता भन्छन्- मन्त्रीको सम्पत्ति किन सार्वजनिक गर्नुपर्‍यो?
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने कुरा समयक्रममा हुन्छ ।

मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेर हुने पनि के हो? त्यो कसैले पाउने होइन, तर पनि हामीलेहरूले बुझाउने ठाउँमा बुझाइसकेका छौँ, सबैलाई देखाउँदै हिँड्नुपर्ने विषय यो होइन ।

तीन मन्त्रीको विवरण अहिलेसम्म गोप्य
सरकारमा सहभागी समाजवादी पार्टी नेपालका मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी मन्त्रीहरू उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्रकुमार चौधरीको सूचीमा सम्पत्ति विवरण प्राप्त भएको लेखिएको छ । तर, सार्वजनिक गरिएको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।