नौबिसे-नागढुंगाको वैकल्पिक सडक धार्के-सीतापाइला निर्माण सुस्त

काठमाडौं, असोज १२ । सधैंजसो सवारी चाप हुने नौबिसे–नागढुंगा सडकको वैकल्पिक मार्गका रुपमा बनाउन लागिएको भीमढुंगा–सीतापाइला सडकका मुख्य ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणले गति लिएको छैन।

धादिङ धुनीबेंसीको धार्के बजारस्थित पृथ्वी राजमार्गबाट काठमाडौं सिमाना ठूलोखोला हुँदै भीमढुंगा–सीतापाइला जोडिने २६ किलोमिटर सडक निर्माणको जिम्मा प्रदेश ३ सरकारबाट कोसी–न्यौपाने निर्माण कम्पनीले लिएको थियो।

अहिले उक्त कम्पनी सडक विभागको सम्पर्कमा नरहेको खबर आजको कान्तिपुर दैनिकमा हरिहरसिंह राठोरले लेखेका छन्।

धार्केदेखि ठूलोखोलासम्म नाली बनाउने, सडक चौडा गर्ने, ह्युमपाइप गाड्ने र कजबे बनाउने गरी करिब १२ करोड रुपैयाँमा ठेक्का लागेको थियो।

मुख्य ठेकेदार कम्पनी स्थानीय ठेकेदार सुरेश लामालाई जिम्मेवारी दिएर सम्पर्कविहीन भएको हो। ‘हामीले जिम्मेवारी पूरा गर्न निर्माण कम्पनीलाई बारम्बार ताकेतापत्र लेख्दा पनि सम्पर्कमा छैन,’ मूल ठेकेदारले सब–ठेकेदारलाई काम गरेको रकम नदिएपछि उनीहरु पनि पन्छिन खोजे जस्तो छ।’

पहिलो चरणको निर्माण सकिएपछि ग्राभेल हालेर स्तरोन्नति गर्ने जिम्मा ५ करोड रुपैयाँमा जिल्लाकै शिवराम भण्डारीले लिएका छन् । उनले ठूलो खोलासम्मको १३ किलोमिटर सडक निर्माण गर्नेछन्।

तर पहिलो चरणकै काम नसकिँदा दोस्रो चरणको काम थाल्न नसकिएको उनले बताए । आउँदो असारसम्म ग्राभेल गरिसक्ने म्याद छ।

वैकल्पिक सडक नहुँदा नौबिसे–नागढुंगा सडकमा सधैंजसो जाम हुने गरेको छ । गत वर्षको दसैंताका पनि ठेकेदारले सडक मर्मत गर्न लाग्दा सवारी सञ्चालनले समस्या भएको थियो।

घण्टौंको जाम छल्न तत्काल वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरिएको प्रदेश सांसद राजेन्द्र पाण्डेले बताए । यो सडक धार्केदेखि धादिङ ठूलोखोलासम्म १३ किलोमिटर र त्यसपछि भीमढुंगा हुँदै काठमाडौं सीतापाइलासम्म १० किलोमिटर निर्माणाधीन छ।

यो सडक १२ मिटर चौडा गरि चालू आर्थिक वर्षमा ग्राभेल गर्न निर्माण कम्पनीलाई जिम्मा दिइ सके पनि निर्माण कम्पनीको लापरवाहीले काम सम्पन्न हुन सकेको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।