ओली चाहन्छन्, तर विकासका काम किन हुँदैन?

काठमाडौं, असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्री र सचिवहरुसँग समीक्षात्मक बैठक राखे र सरकारी मुख्य आयोजनाहरुको काम ढिलो भएको तथा समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

अघिल्लो आर्थिक वर्षको चारवटा समीक्षा बैठकमा पनि प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुसमक्ष यस्तै असन्तुष्टि पोखेका थिए।

उनले बोल्ने शव्द केही तलमाथि होलान् तर आशय एउटै छ, ‘भनेअनुसार काम भएन। मन्त्रालयहरुबीच समन्वय भएन।’

डेढ वर्षअघि प्रधानमन्त्री बनेका ओलीले एउटै खालको निर्देशन दिइरहेका छन्, तर काम भने नभएको खबर आजको कान्तिपुर दैनिकमा बलराम बानियाँ र दुर्गा खनालले लेखेका छन्।

ओलीले मन्त्री र सचिवहरुलाई सोभियत संघ कसरी ढल्यो भनेर उदाहरणसमेत पेस गरे।

डेढ वर्ष अघि ३ फागुनमा ओली संसदको दुई तिहाइको समर्थनसहित प्रधानमन्त्रीका बहाल हुँदा गेम चेन्जर प्रोजेक्ट (राष्ट्रिय गौरबका २१ आयोजना) को काम द्रुत गतिमा अघि वढ्ने अपेक्षा गरिएको थियो।

तर, २१ मध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अरुको कामको प्रगति उत्साहजनक छैन।

दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बनेको डेढ वर्ष बितिसक्दा पनि काम किन सन्तोषजनक छैन त? पूर्व सहरी विकाससचिव किशोर थापा आयोजना/विभागीय प्रमुख र विकासे मन्त्रालयका सचिवहरुको बारम्बार हुने हेरफेर, आयोजनामा आउने समस्या समयमै समाधान नगर्ने र आयोजनामा निर्माण गरिनुपर्ने सबै संरचनाको पटक- पटक ठेक्का आह्वान गर्ने प्रवृत्तिका कारण गौरवकासहित कुनै पनि ठूला परियोजनाको काम सन्तोषजनक ढंगले अघि बढ्न नसकेको बताउँछन्।

ओली प्रधानमन्त्री भएपछि पनि आयोजनाहरुमा यसअघि देखिएका समस्या अथावत रहेका थापाले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।