दसैको मुखमा राष्ट्र बैंकले बजारमा पठायो १०० दरका नयाँ नोट, यस्ता छन् नयाँ नोटको विशेषता

काठमाडौं। दसैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नयाँ नोट बजारमा प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले सङ्केत नं. ओ/१८०००००१ देखि क/३७ ९९९९९९ सम्मका नोट प्रचलनमा ल्याएको हो।

नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने मध्य भागमा पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ। अशोक स्तम्भको चित्र साथै ‘LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA’ लेखिएको।

अशोक स्तम्भसँगै दृ’ष्टि वि’हीनहरूलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको छ। अशोक स्तम्भको बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। ७.२ मिमि चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो राखिएको छ। तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत रहेको छ।

नोटको अर्कोपट्टीको मध्य भागमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको। नोटको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा 2019 A.D. लेखिएको छ। साथै नोटको मध्य भागको तलपट्टी अंग्रेजीमा ‘RUPEES ONE HUNDRED’ लेखिएको र नोटको मध्य भागमा एक सिङ्गे गैंडाको माउ र बच्चाको चित्र राखिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।