ग्रान्डीले ला’परबाही गरेको प्र’माणित, न्यौपाने दम्पतीलाई तीन महिनापछि न्या’य

काठमाडौं, असोज १४ । ग्रान्डी अन्तर्राष्ट्रिय अ’स्पतालले सञ्जीवचन्द्र न्यौपाने र एकता घिमिरेको नवजात शिशु (छोरा) को उपचारमा च’रम ला’परबाही गरी कल्पनै गर्न नसकिने पी’डा दिएको तीन महिनापछि प्र’माणित भएको छ।

यस सम्बन्धमा अनु’सन्धान गर्न नेपाल मेडिकल काउन्सिलको ०७६ असार ७ गतेको पूर्ण बैठकद्वारा प्राडा गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीले हालै बुझाएको प्रतिवेदनमा उक्त शिशुको उपचारमा चिकित्सकको टिमबाट धेरै कमी–कमजोरी भएको देखाएको खबर समाचारपत्र दैनिकमा भगवती तिमल्सिनाले लेखेकी छन्।

प्रतिवेदनमा उप’चारका क्रममा शिशुलाई एकैपटक अत्यधिक मात्रामा पारासिटामोल दिइएको, मस्तिष्कको भर्टिकल र सीवाईएसटीको आकार–प्रकारबारे रेडियोलोजिस्ट र उपचाररत न्युरो सर्जन चिकित्सकका बीच बुझाइको अत्यन्तै अ’भाव देखिएको र बिरामी पक्षलाई पर्याप्त र यथार्थ जानकारी नदिइएको उल्लेख छ।

जिम्मेवार चिकित्सकहरूबीचमै उ’पचारमा संलग्न विभिन्न प्रक्रिया र त्यसबाट सिर्जित अवस्थाको विषयमा बुझाईमा एकरूपता नदेखिनुले चिकित्सकहरू आपसी समन्वय, काउन्सिलिङ, ब्रिफिङमा अत्यन्तै चु’केको निष्कर्ष निकालिएको प्रतिवेदनले खुलाएको छ।

प्रतिवेदनको निष्कर्षमा भनिएको छ– ‘शिशुको मस्तिष्कको भिडियो एक्सरे गरेपश्चात रेडियोलोजिस्टहरूका सुझावअनुसार सिटी अथवा एमआरआई गर्न चिकित्सकले ढिलाइ गरेको देखियो। बि’रामीको उप’चार गरिरहँदा पनि सुधार नआएपछि रो’गको अवस्था र जटि’लताका बारे समयमै पहिचान गर्न बि’रामीको सिटी वा एमआरआई अत्यन्तै जरुरी पर्दछ। जुन समयमा गरिएको देखिएन। जसले गर्दा रो’गको जटिलताको समयमै पहिचान गर्न नसक्नु यो घ’टनाको मुख्य क’मजोरी हो।’

गत असार १२ गते ग्रान्डी अस्पतालमा सञ्जीव न्यौपाने र एकता घिमिरेको बच्चाको उ’पचारका क्रममा ला’परबाही गरिएको भनी नेपाल मेडिकल काउन्सिलसमक्ष छानबिनका लागि निवेदन पेस भएको थियो।

सोही निवेदनका विषयमा काउन्सिलले यही असोज १० गते अन्तिम निष्कर्षसहितको प्रतिवेदन ग्रान्डी अस्पताललाई बुझाउँदै कानुनी का’रबाही अगाडि बढाउने निर्णय गरेको काउन्सिल स्रोतले जनाएको छ।

तीन महिनाअघिको घटना सम्झँदै न्यौपानेले भनिन्– ‘बच्चा जन्माउने योजनादेखि नै ग्रान्डीका चिकित्सकहरूको सल्लाह र सुझावअनुसार अघि बढ्यौं। पूरा समय नहुँदै ३६ हप्तामा सिजरिङ गरी बच्चा निकाल्यौं।

उनीहरूले जे–जे भने त्यही–त्यही मान्यौं तर, उनीहरूको विश्वासमा पर्दा बच्चालाई एनआईसीयूको ब्याक्टेरियाका कारण नि’मोनिया भएछ। सोही कारण टाउकोमा पिप जमेर दिमाग नै न’ष्ट भएछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।