वर्षे मकै खडेरीले, हिउदे किराले स’खाप पारेपछि धनकुटाका किसानलाई चि’न्तै-चि’न्ता

धनकुटा खबर । हिउदे मकै खेती किराले खाएर स खाप पारेपछि धनकुटाका किसानहरु चिन्तित भएकाछन् । वर्षे मकै खडेरीले सुकेर नफलेपछि हिउद याममा फल्ने मकै छरेका उनिहरु यो यामको मकैपनि किराले खाएर सखाप पारेपछि थप चिन्तित भएकाहुन् ।

मकैको दुई वाली नै राम्रो उत्पादन नभएपछि यो वर्ष अनिकालको समस्या भोग्नु पर्ने चिन्ता लागेको धनकुटा ७ का स्थानिय तथा ७ नं वडा सदस्य चन्द्र कुमारी आठपहरिया राईले वताउनुभयो ।

करिव १० रोपनी जग्गामा उहाँले लगाउनुभएको हिउदे मकैवाली किराले खाएर सखाप पारेको छ । मकैमा किराको प्रकोप देखिएपछि कृषी सँग सम्वन्धित कार्यलयमा कुरा राख्दा अमेरिकन फौजी किराको प्रकोप भएको भनिएको र त्यसको नियन्त्रणका लागि कृषी विज्ञहरुको सल्लाह, सुझाव अनुसार ९ सयको औषधि लगेर लगाउदा पनि किराको प्रकोप नियन्त्रण नभएको उहाँको भनाई छ ।

राईको मात्र नभई त्यस वडा र टोल कै किसानले लगाएको हिउदे कमैवाली किराले खाएर नोक्सान पुर्याएको उहाँले वताउनुभयो । जिल्लाका अन्य स्थानका किसानले पनि यो किराको प्रकोपको कारण आफुहरुलाई समस्या भएको गुनासो गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖