यसकारण दसैँमा कहिल्यै ससुराली जाँ’दैनन् राजेश हमाल
काठमाडौं, कार्तिक १ । दसैँअघि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा अभिनेता राजेश हमालले सञ्चारकर्मीसँग कुराकानी गर्ने मौका पाए।
उनले यसपटको दसैँ धनकुटामा मनाउने तय भए पनि अन्तिम सयमा धनकुटाको कार्यक्रम स्थगित भएपछि काठमाडौँमै दसैँ मनाउने बताए। आज प्रकाशित साप्ताहिकका अनुसार कुराकानीकै क्रममा दसैँमा ससुराली कहिले जाने भन्ने प्रसंग चल्यो।
हमालको जबाफले सञ्चारकर्मी नै आश्चर्यमा परे। उनले विवाहपछि अहिलेसम्म दसैँकै लागि भनेर ससुराली न’गएको बताए। ठट्यौली पारामा हमालले भने, ‘ससुरालीको सदस्य नै मेरो घरमा आएको छ। त्यसैले अहिलेसम्म दसैँ तिहारमा ससुराली गएको छै’न।’
यसपटक धनकुटातिर गएको भए यो पटक दसैँमा ससुराली जाने योजनता थियो, तर नमि’लेको उनले बताए। चाडपर्वमा नग’ए पनि अन्य समयमा भने ससुराली पुगेको हमाल बताउँछन्।
ससुरालीमा हुने ज्वाइँको स्वागत सत्कार पनि आफूलाई रमाइलो लाग्ने उनी बताउँछन्।


