को होला त पहिलो ‘नेपाल लोकस्टार ? हेर्नुस् नेपाल लोकस्टार’को फाइनल प्रोमो – भिडियो
काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’ एपीवान एचडी टेलिभिजनबाट प्रशारण भईरहेको छ ।
यही कार्तिक ८ गते भृकुटीमण्डप काठमाण्डौमा हुने लोकस्टारको फाइनलले नेपालको पहिलो लोकस्टार चुन्नेछ ।
कार्यक्रममा ४ जना गायकहरु प्र’तिस्पर्धामा छन् । विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।


