चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सान फ्रान्सिस्कोमा हुने

काठमाडौँ : आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ ।चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको हो । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् त्यस्तै सहआयोजकहरुमा भने 8848 Media House LLC र Himalayan Foundation Corp रहेका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, गोल्डेन स्टेट मुभी मेकरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, बरिष्ट अभिनेता निर शाह, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ट अभिनेत्री शर्मिला मल्ल, ग्लोबल फिल्म अवार्डका नेपाल संयोजक मदु कुमार श्रेष्ठ, सास्कृतिक संघका सभापति तिर्थ थापा, ग्लोबल नेपाली फिल्म अवार्डका सल्लाहकार तथा अभिनेता शिब श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, बिशाल बिष्ट, निर्देशक नारायण पुरी, पत्रकार बिजय रत्न, नेपाल फिल्म सोसाइटीका नारायण प्रधान, सुनिल कटुवाल, राजेश बिसुराल, सानु ताम्राकार, सुभाष थापा, शंकरलाल श्रेष्ठ, राजु शाही तथा राजेश महर्जन लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्डको अध्यक्ष नबराज श्रेष्ठको अनुपस्थिति रहेको थियो ।

बिगत तिन संस्करण सम्म Global Nepali film Award LLC , USA र Nepal Film Society, Nepal मात्र आयोजकभै यो अवार्ड गरिदै आएको थियो भने यस बर्ष देखि Golden State Movie Maker LLC, USA ले पनि आयोजक बन्दै सहकार्य अगाडी बढाएको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताएका छन् । विगत तिन वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डका उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष मल्लले अबगत गराएका छन् ।

अवार्डको तयारि तिब्र रुपमा भईरहेको नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले जानकारी गराएका छन् भने कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् ।

नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने मुख्य उदेश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो संस्करण झन् व्यापक र बृहत हुने आयोजकको दाबि रहेको छ । अवार्ड सम्बधि अन्तिम निर्णयको अधिकार नेपाल फिल्म सोसाइटी अन्तर्गतको जुरी टिमलाइ रहने छ भने अमेरिकामा रहने कलाकारहरु संगको समन्वयको जिम्मेवारी Global Nepali film Award LLC , USA र 8848 Media House LLC कम्पनीलाइ रहनेछ ।

कार्यक्रम स्थानिय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भने Golden State Movie Maker LLC, USA लाइ दिइएको छ । कार्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी नारायण पुरी, राजु बजाज र एस बाबु सन्दिपलाइ आयोजक तिनै वटा संस्थाको तर्फ बाट प्रदान गरिएको छ । कार्यक्रमको मुख्य सो यानिकी “अवार्ड सो “नोबेम्बेर ३० को दिन साँझ ६ बजे देखि बर्कलि को यु सी थिएटरमा हुनेछ । येसरी यु सी थिएटरमा कुनै नेपाली कार्यक्रम हुन लागेको यो पहिलो पटक हो जहाँ अमेरिकाका ख्याती प्राप्त कलाकारहरु आएर प्रस्तुति दिने गर्दछन । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाइ प्रमोसन गर्ने उदेश्यले कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि नेपाल डे परेड मनाइने र उक्त कार्यक्रमको आयोजक यस कार्यक्रमको सहआयोजक मध्यको एक हिमालयन फाउन्डेसन भएको हुनाले उक्त नेपाल डे परेड कार्यक्रम संग पनि सहकार्य गरिने छ । साथै सोहि दिन साँझ सान फ्रान्सिस्को बे मा कलाकार हरु सहितको भब्य क्रुज पाटि समेत गरिनेछ । जसमा सहभागी हुने हरुले प्रत्यक्ष्य कलाकारहरुलाई भेट्न समेत पाउनु हुनेछ ।

कार्यक्रममा नेपाली फिल्म छेत्रका स्थापित, नबोदित लगाएत अति लोकप्रिय कलाकारहरुको समेत उपस्थिति रहनेछ , त्यसका साथै अवार्ड शोको बीच बीचमा नेपाली स्थापित कलाकारहरुको समेत प्रस्तुति रहने जानकारी गोल्डेन स्टेट मुभी मेकर एल एल सीका अध्यक्ष यज्ञ लाल श्रेष्ठले जानकारी गराएका छन् । कार्यक्रमको संचालन एस बाबु सन्दिपले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।