उपनिर्वाचनः गृ’हको सु’रक्षा का’र्ययोजना आयोगबाट फि’र्ता

काठमाडौं । निर्वाचन आयोगले केन्द्रीय सु’रक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सु’रक्षा का’र्ययोजना’ गृह मन्त्रालयमा फि’र्ता पठाएको छ।

आयोगले बनाएको ‘उपनिर्वाचन सुर’क्षा व्यवस्थापन निर्देशिका–२०७६’ सँग मेल न’खाएपछि उक्त कार्ययोजना परि’मार्जनसहित पुनः पेस गर्न मन्त्रालयमै फर्काइएको आयोगस्रोतले जनाएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

आइतबार आयोगका पदाधिकारी, गृह र र’क्षा मन्त्रालयका सचिव, नेपाली से’नाका रथी तथा नेपाल प्र’हरी, स’शस्त्र प्रहरी बल र राष्ट्रिय अ’नुसन्धान विभागका प्रमुखसहितको सहभागितामा उपनिर्वाचन सु’रक्षा तयारीसम्बन्धी संयुक्त बैठक बसेको थियो।

सरकारबाट पेस गरिएको सु’रक्षा कार्ययोजना स्पष्ट र चुस्त नभएकाले फिर्ता पठाइएको आयोग उच्चस्रोतले जनाएको छ।

‘चुनावमा संयुक्त सु’रक्षा कमान्ड कसको रहने, कहाँ कसको नेतृत्वमा सु’रक्षा फौज तै’नाथ हुने, जिल्लास्थित उपनिर्वाचन सुरक्षा कमान्ड पोस्टको भूमिका के–के हुने भन्नेबारे सरकारले पेस गरेको कार्ययोजनामा समावेश छैन,’ स्रोतले भन्यो।

निर्वाचन आयोगले आयुक्त ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा उच्चस्तरीय उपनिर्वाचन सु’रक्षा समिति गठन गरेको थियो।

आइतबारको बैठकमा समितिको कार्ययोजना र गृहसचिव प्रेमकुमार राईले पेस गरेको खाका मेल नखाएपछि सहभागीबीच छलफल भएको थियो।

समितिमा सेनाका रथी, गृहसचिव, र’क्षा सचिव, निर्वाचन आयोगका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र निर्वाचन आयोगका सहसचिव गरी ९ जना सदस्य छन्।

स्रोतका अनुसार केही दिनभित्रै पुनः आयोग र सु’रक्षा प्रमुखसहितको बैठकले निर्वाचन सुर’क्षा रण’नीति तय गर्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖