प्रधानमन्त्री ओली झ’न् स’क्रिय, स्रोत भन्छ- ‘उहाँ ए’ग्रेसिभ रूपमा फटाफट काम अघि बढाउने पक्षमा हुनुहुन्छ’
काठमाडौं, कार्तिक १८ । मि’र्गाैलाले नियमित काम गर्न छाडेपछि डाय’लाइसिस सुरु गरेका प्रधानमन्त्री केपी ओेली थप स’क्रिय बनेका छन्।
दुई दिन ग्रान्डी अ’स्पतालमा उ’पचार गराएर बिहीबार साँझ मात्रै निवास फर्किएका उनी शुक्रबारदेखि भेटघाटमा व्यस्त बने। शनिबार र आइतबार मन्त्रिपरिषद् र पार्टीका बैठकमा समेत सहभागी भए।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो। ओलीकै अध्यक्षतामा साँझ बसेको नेकपाको सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगायो।
प्रधानमन्त्री ओलीले शनिबार बिहान बसेको सचिवालय बैठकमा आफ्नो स्वा’स्थ्य अव’स्थाबारे ब्रिफिङ गरेका थिए। बैठकमा केहीबेर उम्मेदवार छटनोटबारे पनि छलफल भएको थियो। त्यस्तै अर्का अध्यक्ष प्रचण्डसँग करिब एक घण्टा छलफल गरे।
उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेलसँग पनि उनले छलफल गरेका थिए। त्यही दिन आफ्नो स्वा’स्थ्यबारे डा. दिव्या सिंह, अरुण सायमीलगायतको चिकित्सक टोलीसँग पनि प’रामर्श गरे। यो खबर आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन्।
‘उहाँ ए’ग्रेसिभ रूपमा फटाफट काम अघि बढाउने पक्षमा हुनुहुन्छ। क्याबिनेटबाट पनि केही नयाँ विकास निर्माणका आयोजना सुरु गर्ने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प’रिणाममुखी कामका लागि पछिल्लोपटक उहाँले मन्त्रीहरूलाई पनि ग’म्भीरतापूर्वक नि’र्देशन दिनुभएको छ।’


