छा’तीमा गो’ली स्वी’कार गर्छु, तर छिमेकीले मेरो देशको एक चिम्टी माटो ल’गेपनि स्वी’कार्दिन

काठमाडौं । जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि भारतले नयाँ नक्सा जारी गरेको छ । भारतले कालापानी र लिपुलेकलाई पनि आफ्नो भुभाग दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेको छ । जसको नेपालमा चर्काे विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लिपुलेक लिम्पियाधुरा, कालापानी नेपालको भएको ठोकुवा गरेका छन। उनले आफ्नो छातीमा गो’ली थाप्न तयार हुनेतर नेपालको एकमुठ्ठी माटोपनि नेपाल बाहिर गएको कुनै हालतमा स्वीकार गर्न नसक्ने बताए छन । मध्यराति उनले ट्वी’ट गर्दै लिपुलेक, लिम्पियाधुरा, काला पानी नेपालको हो । छातीमा हानेको गोली स्वीकार गर्छु तर छिमेकीले मेरो देशको एक चिम्टी माटो अ’तिक्र’मण गरेको कदापी स्वीकारर्दिन । नेपाल सरकारले तुरुन्त भारत सरकार सँग कुरा गरेर उक्त नेपालको भूभाग भारतको नक्साबाट हटाउन लगाउनु पर्छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वी’टर मार्फत दिल्लीबाट जारी नयाँ नक्साप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले भनेका छन्, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारेमा कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ ।’

त्यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले भारतीय नक्साबारे नेपालको धारणा बनाउन सर्वदलीय बैठक बोलाउनु पर्ने बताएका छन् । रावलले ट्वी’टरमा सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माध्यमबाट पहल गर्न सरकार लाई सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माधयम बाट तत्काल कुरा गरिनुपर्छ । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।’

यसअघि राप्रपाले पनि विज्ञप्ति जारी गरेर नयाँ नक्साबारे तत्काल कुटनीतिक पहल गर्न सरकार सँग माग गरेको थियो । नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पनि कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो, अ’तिक्रमण मन्जुर छैन। भारतले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? भन्दै टिव्टमा लेखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।