सरकारको इँ’जार फु’स्क्यो है : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी, संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार कालापानीको विषयमा बोल्न डराएको आरोप लगाएका छ । भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेर नक्सा सार्वजनिक गरेको खबर बाहिर आएपछि परराष्ट मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना गर्दै भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।

बुधबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत डा.भट्टराईले चरम ‘राष्ट्रवादको डंका पिट्ने सरकारले हेलचेक्रयाइपूर्ण ढंगले विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘चरम‘राष्ट्रवाद’को डंका पिटेर२ ३पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात(वा आँत ?) किन काँपेको होला ?’

भट्टराईले सरकारले कालापानी क्षेत्र मात्र भनेर गोलमाटोल विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !’-रातोपाटीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖