गायिका श्रेया राईको पू र्बेली मा रुनी गीत”ए क्ले बर”अ मिन नेसनल ए वार्डको म नोनयनमा ,भो ट यसरी गर्न सकिने
धनकुटा । धनकुटाको साबिक मुगा गाबिस(हाल:पाख्रिबास नपा) मा जन्मिएकी गायिका श्रेया राई भ्वाइस अफ नेपाल सिजन-१ मा टप ८ सम्म पुग्न सफल भएकी थिइन् ।

बाल्यवस्थादेखि नै सांगीतिक परिबेशमा हुर्केकी राई का बाबा स्वयं पनि राम्रो गायक पनि हुन् । सायद त्यहीं वातावरणमा श्रेयाले पनि संगीत प्रतिको मोह पलायो ।
विभिन्न देशहरुको सांगीतिक कार्यक्रममा सहभागिता जनाइ सकेकी राई अहिलेको सांगीतिक बजारमा एकदमै ब्यस्त गायिकाको रुपमा अगाडि आएकी छिन् ।
यसै क्रममा प्रबासमा रहेर पनि संधै नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीत,संगीतहरु पस्किंदै आएका गीतकार तथा संगीतकार डी आर अटुको शब्द,संगीत र श्रेयाको आवाजमा रहेको पूर्बेली मारुनी भाकाको गीत “एक्ले बर’ लिम्दुमी क्रियसनको युट्युब च्यानलबाट ९ महिना अगाडि सार्बजनिक भएको थियो ।
अहिले आएर यो गीत अमिन नेशनल एवार्डको मनोनयनमा पर्न सफल भएको छ । भोट गर्नको लागि नेपालबाट NEPAL बाट चाहिँ 52D टाइप गरि 38000 मा र कतारबाट Ooredo प्रयोगकर्ताले 52D टाइपगरेर 92300 मा पठाउनु पर्नेछ ।
यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनबाट प्रतक्ष्य हुनेछ साथै आफु र यो गीतलाई माया गरिदिनु हुने सम्पूर्ण नेपालीहरुलाई भोट गरिदिनु हुनको लागि पनि गायिका श्रेयाले आफ्नो फेसबुक मार्फत अनुरोध गरेका छन् ।
हेर्नुहोस् भिडियो :


