कमेडी च्याम्पियनको भोटिङ लाईन शुरु, जजको भिटो पावरबाट दुई जना टप १० मा – हेर्नुस् भिडियो
काठमाडौं । नेपालमा पहिलो पटक शुरु भएको ‘कमेडी च्याम्पियन’को भोटिङ लाईन शुरु भएको छ । टप १५ बाट भोटिङ लाईन शुरु भएको हो ।
जजको भिटो पावरमार्फत प्रतियोगी नं ८ का हिमेश पन्त र प्रतियोगी नं १८ सजन श्रेष्ठ टप १० मा पुग्न सफल भएका छन भने बाँकी प्रतियोगी भोटिङ लाईनको माध्यमबाट छानिने छन ।
कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट ९ देखि १० बजेसम्म प्रशारण हुने ‘कमेडी च्याम्पियन’मा निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् । विशाल भण्डारीले निर्देशन गरिरहेको ‘कमेडी च्याम्पियन’मा होस्ट रिमा विश्वकर्मा छिन् ।
‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् ।


