बुधबारदेखि हिमाली क्षेत्रमा भा री हिमपात, पहाडमा पानी पर्ने, स तर्कता अपनाउन पनि आग्रह
काठमाडौं : पूर्वी इरान र अफ’गानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली नेपाल तिर सरिरहेका कारण भोली (बुधबार) बेलुकी देखि हिमाली क्षेत्रमा भारी हिमपात हुने भएको छ । यो वायुले पहाडी क्षेत्रमा पनि बर्षा गराउने मौसम विदहरुले जानकारी दिएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार बेलुकीदेखि हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरेको छ।
पश्चिमी वायुको प्रणाली बुधबार बेलुकी सम्म नेपाल प्रवेश गर्नेछ। बुधबार रातीदेखि नेपालको पश्चिमका उच्च–पहाडी र हिमाली क्षेत्रमा यसको असर देखिनेछ। बिहीबार बेलुकीसम्म यो वायु प्रणालीको असर नेपालका सबै भूभागमा देखिनेछ । हिमपात र बर्षाका कारण मौसममा बदली भई देशभरि नै चिसो बढ्ने हुनाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम विदहरुले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना निकालेर बुधबा रदेखि यो प्रणाली सुरु भएर आउँदो शनिबार सम्म रहने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । मंगलबार भने देश भरको मौसम सामान्यतया सफा नै रहनेछ । अहिले सामान्य बद्ली भएको पूर्वी र मध्य क्षेत्रमा पनि दिउँसो घाम लाग्ने मौसम विद्को भनाई छ ।


