करिब ४१ अर्ब रुपैयाँ वैदेशिक ऋ’ण स्वी’कार गर्ने सरकारको नि’र्णय

काठमाडौँ । सरकारले एकै दिन करिब ४१ अर्ब रुपैयाँ वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यसबाहेक १२ अर्ब ५२ करोड सहुलियतपूर्ण ऋण प्राप्त गर्न वार्ता टोली गठन गरिने भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ क्षेत्रका लागि ४० अर्ब ८७ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ऋण स्वीकार गरेको जनाएको छ । सरकारले वाग्मती नदी तटीय क्षेत्र सुधार आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट करिब ७ अर्ब १२ करोड रुपैयाँ ऋण अन्तर्गत स्वीकार गर्ने निर्णय गरेको छ ।

यस्तै एडीबीबाटै पृथ्वी राजमार्गको मुग्लिङ(पोखरा सडक सुधारका लागि सासेक राजमार्ग सुधार आयोजना अन्तर्गत २१ अर्ब ४५ करोड, ग्रामीण उद्यम वित्तीय आयोजनाका लागि ५ अर्ब ६५ करोड र खाद्य सुरक्षा तथा कृषि व्यापारीकरण कार्यक्रमका लागि ५ अर्ब ६५ करोड रुपैयाँ ऋण स्वीकार गर्ने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖