मिरा राई देखि दीपाश्री सम्म ! प्रदेश १ सरकारले घोषणा गर्‍यो ९ पर्यटन सद्भावना दूत

मोरङ । प्रदेश नं. १ सरकारले नेपाल भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि कीर्तिमानी आरोही, खेलाडी तथा कलाकारसहित नौ जनालाई पर्यटन सद्भावनादूत नियुक्त गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत एक नम्बर प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले आज काठमाडौँमा एक कार्यक्रमबीच सर्वोच्च सगरमाथाको २४ पटक आरोहण गरी विश्वकीर्तिमान कायम गरेका आरोही कामिरीता शेर्पा, अल्ट्रा धाविका मीरा राईसहित नौ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको हो ।

त्यस्तै आरोही मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्दावा शेर्पा तथा कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्भावना दूत नियुक्त गरेको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन सद्भावनादूतको प्रमाण–पत्र प्रदान गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश १ लाई आधार बनाएर पर्यटकीय प्याकेजका कार्यक्रम ल्याउन सरोकारवालालाई आग्रह गर्नुभएको थियो । उहाँले प्रदेश १ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य गरिएको जानकारी पनि दिएका थिए । ।

नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश १ सरकारले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले बताए ।

सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे । उनले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।