जब करिनाले आफ्नी सासूलाई सोधिन् : ‘छोरी र बुहारीमा के अ न्तर छ ?’

काठमाडाैं,मंसिर २८ ।  करिना कपुरको रेडियो शो ‘ह्वाट वुमन वान्ट’को दोस्रो शृंखला शुरू भएको छ । यो सिजनको पहिलो अतिथि उनकै सासू तथा चर्चित अभिनेत्री शर्मिला टैगोर बनेकी छन् । कार्यक्रमको क्रममा करिनाले शर्मिलासँग सोधिन्, ‘छोरी र बुहारीमा के अन्तर छ ?’

शर्मिलाले भनिन्, ‘छोरीसँगै तपाई पनि हुर्कनुहुन्छ । तपाईंलाई जानकारी हुन्छ कि उसँग कस्तो व्यवहार गर्नुपर्छ र उ के कुरामा रिसाउँछे अनि कसरी प्रस्तुत हुनुपर्छ । बुहारीसँग त्यतिबेला भेट हुन्छ तब उ जवान भइसकेकी हुन्छे । तपाईंलाई जानकारी हुँदैन कि उसको स्वभाव कस्तो छ । उसँग घुलमिल हुन समय लाग्छ ।

 

विवाहपछि जब बुहारी घरमा आउँछिन् उसलाई सहज बनाउने वातावरण मिलाउनुपर्छ,’ उनी भन्छिन्, ‘सासूससुरा नयाँ जोडीको बीचमा आउनुहुँदैन । उनीहरूलाई अगाडी बढ्न मदत गर्नुपर्छ । उनीहरूलाई एकसाथ धेरै समय बिताउन दिनुपर्छ ।’

शर्मिलाले हालै आफ्नो ७५ औं जन्मदिन मनाएकी छन् । आफ्नो जन्मदिनमा उनी पुरै परिवासँग जयपुरमा थिइन् । त्यहाँ उनको जन्मदिन मनाइएको थियो ।

करिनाको फिल्म ‘गुड न्युज’ २७ डिसेम्बरमा रिलिज हुँदैछ । अन्नपूर्ण पोस्टमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।