अनुष्काले जितिन् मिस वर्ल्डको ‘ब्युटी विद् अ पर्पोज’ ! लगातार दोस्रो बर्ष पनि यो उपाधि नेपाललाई
एजेन्सी । मिस वर्ल्ड को जारि प्रतिष्पर्धामा नेपालबाट प्रतिनिधित्व गरेकी अनुष्का श्रेष्ठले ‘ब्युटी विथ प्रपोज’ जितेकी छिन्।
छनोट भएका १० जना मध्येबाट अनुष्काले यो टाइटल आफ्नो पोल्टामा पार्न सफल भएकी हुन्। आफुलाई टप १२ सम्म पुर्याउन सफल भएकी अनुष्का टप ५ मा पर्न भने सकिनन्।
मिस वर्ल्डको लागि ‘व्युटी विथ प्रपोज’ निकै महत्वपूर्ण मानिने गरिन्छ। अनुष्काले मल्टिमिडिया अवार्ड पनि आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् भने गतबर्ष श्रृंखलाले यो उपाधि जितेकी थिइन् ।


