सिन्धुपाल्चोक दु र्घटना : अध्यक्ष प्रचण्डद्वारा श्र द्धाञ्जली व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा परी मृ त्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । अध्यक्ष दाहलले आज एक शोक वक्तव्य निकालेर उक्त घटनाका घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

उनले दुर्घटनामा निधन भएका परिवारजनका लागि उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गरेका छन् । दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा२ख ४४६८ नंको यात्रुबाहक बस लामोसाँघु जिरी सडकमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १८ जना गम्भीर घाइते भएका थिए ।

यसैबीच प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले पनि उक्त दुर्घटनाले आफू निकै मर्माहित भएको बताउँदै दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति दुःख एवं समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामनासमेत गरेका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖