मा सिँदै छन् उपत्यकाका ऐतिहासिक ढुंगेधारा

काठमाडौं । स्वयम्भू किमडोमा झाडीले पुरिएको अवस्थामा रहेको ढुंगेधारालाई अभियन्ता र नेपाली सेनाको सहयोगमा सरसफाइ गरी पुरानै अवस्थामा फर्काइएको छ । धाराबाट पानी आउन रोकिएसँगै सो धाराको संरक्षण नहुँदा बेवारिसे बनेको थियो ।

केही समयअघि हात्तीसारमा भवन निर्माणको क्रममा रहेको स्थानमा प्राचीन ढुंगेधारा रहेको अभियन्ताले पत्ता लगाएपछि निर्माण कार्य रोकेर उत्खनन गर्दा ढुंगेधाराको संरचना पत्ता लाग्यो ।

तीनधारा पाठशाला नजिकै रहेको झन्डै ७ सय वर्ष पुरानो धारा पुरिएर दयनीय अवस्थामा भेटियो । धारा भेटिँदा टुटफुट भएको अवस्थामा थियो । हाल यो धाराको वडा नम्बर १ र पुरातत्व विभागको समन्वयमा पुनर्निर्माण हुँदै छ ।

यो त उदाहरण मात्रै हो । उपत्यकाका धेरै स्थानमा पानीको स्रोतका रूपमा रहेको ढुंगेधारा नासिँदै जान थालेका छन् । केही समय अघिसम्म उपत्यकामा मुख्य पानीको स्रोतका रूपमा रहेका ढुंगेधारा धमाधम सुक्न थालेसँगै बेवारिसे बन्दै गएका छन् । स्थानीयले प्रयोग गर्दै आएका ढुंगेधारा एकाएक सुक्न थालेपछि उनीहरूले पानीको संकटसमेत बेहोर्नुपरेको छ ।

अव्यवस्थित बसोवास तथा सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएकाले ढुंगेधाराहरू लोप हुन थालेको संरक्षण अभियन्ताहरू बताउँछन् ।

उपत्यकाका अधिकांश धारा बेवारिसे भएका छन् । ढुंगेधारा संरक्षणमा लामो समयदेखि लागिपरेका अभियन्ता यादवलाल कायस्थ उपत्यकामा बढ्दो अव्यवस्थित र सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएको बताउँछन् । उनले धारामा पानी आउन छाडेसँगै ती धाराको संरक्षण हुन छाडेको बताए । कपुरधाराका ढुंगेधाराहरू अहिले प्रायः सबै सुकिसकेका छन् । ‘धारामा सफा पानी आउँथ्यो, ढुंगेधाराको पानीको स्वाद नै खुबै मीठो हुन्थ्यो तर अहिले एकादेशको कथा भएको छ,’ कपुरधाराका स्थानीय राजेश महर्जनले भने ।

‘पानीको स्रोत स्ांरक्षण र धारामा पानी आउने अवस्था कसरी ल्याउने भन्दा पनि पुरेर भवन र कम्प्लेक्स निर्माण हुन थाले,’ कायस्थ भन्छन् । उनी सडक विस्तारलगायत विकासका नाममा विनाश निम्तिएको भन्दै चिन्ता व्यक्त गर्छन् । अर्का संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठ संरक्षणसम्बन्धी ज्ञान नहुँदा र सम्बन्धित निकायले संरक्षणमा आवश्यक ध्यान दिन नसक्दा यस्तो समस्या आएको बताउँछन् ।

त्यसो त संरक्षणको जिम्मा पाएको पुरातत्व विभागले ढुंगेधाराको संरक्षणमा आवश्यक पहल गर्न सकेको देखिँदैन । विभागले उपत्यकाका धाराका सम्बन्धमा तथ्यांक नरहेको बताँउदै आएको छ । प्रदेशसभा सांसद भीमसेनदास प्रधान सहरी विकास र व्यवस्थापनमा दीर्घकालीन योजना बन्न नसक्दा र खुला स्थान मासिँदा भूमिगत पानीको स्रोत गुम्दा यस्तो समस्या आएको बताउँछन् । आजको राजधानी दैनिकमा केशव प्रसाद पाण्डेले यो समाचार लेखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖