प्रधानमन्त्री का र्यालयसहित १६ म न्त्रालयले ४ महिनामै मागे २८ अर्ब ‘गैर बजेटरी रकम’

काठमाडौं । वार्षिक बजेटमा विनियोजित रकम खर्च गर्न नसकेका मन्त्रालयहरूद्वारा गैरबजेटरी रकम माग्ने प्रवृत्ति यस आर्थिक वर्षमा पनि दोहोरिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार चालू आवको पहिलो ४ महीनामै विभिन्न मन्त्रालय तथा आयोगबाट आएको गैरबजेटरी माग २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा अर्थले २ अर्ब ३६ करोड रुपैयाँ गैरबजेटरी रकम निकासासमेत गरेको छ ।

वार्षिक बजेटमा व्यवस्था नगरिएको तथा रातो किताबमा समावेश नगरीकनै सरकारले गर्ने खर्च गैरबजेटरी खर्चका रूपमा लिइन्छ । अर्थका अनुसार चालू आवमा प्रधानमन्त्री कार्यालयसहित १६ मन्त्रालयबाट गैरबजेटरी शीर्षकमा रकमको माग आएको छ ।

गत आवमा अर्थ मन्त्रालय तथा संसद्को अर्थ समितिले मन्त्रालयहरूलाई गैरबजेटरी शीर्षकमा रकम नमाग्न निर्देशन दिएको थियो । तर, निर्देशन पालना गर्न मन्त्रालयहरू गम्भीर नभएको अर्थमा पुगेको गैरबजेटरी मागले देखाउँछ ।

अर्थका अनुसार विभिन्न सरकारी निकायले बजेटभन्दा बाहिर रहेर खर्च गर्न माग गरेको रकममध्ये २० अर्ब ६७ करोड रुपैयाँबारे सम्बोधन हुन बाँकी नै छ । यसबारे मन्त्रालयले पुसको पहिलो हप्ता गैरबजेट माग गर्ने निकायहरूका उच्च अधिकारीहरूसँग छलफलसमेत गर्ने भएको छ । ‘गैरबजेटरी शीर्षकमा माग अघिल्ला वर्षहरूमा झैं यस वर्ष पनि देखिएकाले यस सम्बन्धमा छलफल गर्न पुस ६ गते विभिन्न मन्त्रालयका सचिवहरूलाई बोलाएका छौं,’ अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बताए ।

अर्थको तथ्यांकअनुसार पहिलो चौमासमा युवा तथा खेलकुद मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय तथा निर्वाचन आयोगबाट आएको गैरबजेटरी मागको सम्बोधन भएको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।