प तिले मा या न गरेपछि ८४ वर्षीया वृ द्धा न्या य खाेज्दै पुगिन् अ दालत

काठमाडौं, पुस २ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारीहरु नै छक्क परे।

किनकि जिल्लामा सबैभन्दा बढी उमेरकी बृद्धाले निवेदन लिएर आएको यो नै पहिलो घटना थियो।

‘अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै छन्,’ स्रेस्तेदार केशवराज कोशिक भन्छन्, ‘चारबीस पार गरिसकेकी वृद्धाले सम्बन्धविच्छेदको माग गरेको यो नै पहिलो घटना भयो।’

७० वर्षीय श्रीमान बुद्धबहादुर रुम्बासँग अंशसहित सम्बन्धविच्छेदको माग गर्दै उनी लौरोको सहारामा २५ मंसिरमा अदालत पुगेकी थिइन्।

उनका पाँच छोरा र एक छोरी छन्। विवाह भैसकेका उनीहरु अलग छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

श्रीमानले १९ वर्ष अघि कान्छी भित्र्याए पनि टीकाकुमारी सहज रुपमै बसिरहेकी थिइन्।

तर, पछिल्लो सयम श्रीमानले कुटपिट गर्ने गरेको उनको भनाई छ। ‘माया गर्ने बेलामा हेला गर्न थालेपछि को सँगै बस्छ?’ उनले भनिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।