थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु

काठमाडौं । थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगिको छनोट सुरु गरिएको छ । बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन एस ए एण्ड एम फेशन रनवे’ थाइल्याण्ड इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रि किड्स, किड्स, प्रि टिन र टिनहरुको छनोट सुरु गरेको हो । यसका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएको इभेन्ट अर्गनाइजर फाउण्डर कमल निकोन क्षेत्रीले जानकारी गराए । उनका अनुसार काठमाडौं, भक्तपुर, इटहरी, धरान, विराटनगर, पोखराबाट ३५ जना छनोट गरिने छ ।

ओपेरा रेष्ट्रो एण्ड ब्यानक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वल्र्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजु निर्णयक रहेका थिए भने अतिथिहरुमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायतका रहेका थिए । छनोट चरणको कार्यक्रममा गायक प्रितम आचार्य र सुजन मार्फ तामाङले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगिताको कोरियोग्राफरमा सुमन खड्का रहेकी छन् भने हेयर एण्ड मेकअप स्पर्श व्युटी इन्स्टिच्युट भक्तपुर रहेका छन् । आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुने कमलले जानकारी गराए । उनकाअनुसार प्रतिस्पर्धीहरुलाई ट्रेनिङको लागि थाइल्याण्ड बाटनै प्रशिक्षक आउनेछन् भने अन्तर्राष्ट्रिय मोडलसमेत सहभागी गराईने छ ।

सुपर मोडल, मेघा मोडल र फेशन मोडल जस्ता विभिन्न विधामा प्रतियोगिलाई सहभागी गराइने यो प्रतियोगिताका विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनुका साथै म्युजिक भिडियो, वेव सिरिज, डकुमेन्ट्री, फिल्म, विज्ञापनलागयतमा सहभागी गराईने कमल निकोन क्षेत्रीले बताए । प्रतियागितामा ३.५ देखि १७ वर्ष उमेर समुहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।