कांग्रेस किचलो : भा गबन्डामै अ ड्कियो स हमति

काठमाडौं । नेपाली कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ ।

गत २६ मंसिरबाट केन्द्रीय कार्यसमितिको बैठक बस्दै आएको भए पनि संस्थापन पक्षबाहेकका नेता बैठकमा सहभागी भएका छैनन् । यसबीचमा बसेका बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशनको एजेन्डा पेस गर्नुपर्ने भन्दै निरन्तर बहिष्कार गर्दै आइरहेका छन् ।
संस्थापन पक्ष र इतरपक्षले यसबीचमा सहमतिको प्रयास गर्न भन्दै वार्ता टोली नै बनाएर छलफलसमेत गर्दै आइहेका छन् । तर, महाधिवेशनको एजेन्डाबाट सुरु भएको वार्ताको प्रयास पछिल्लो समय भागबन्डामा आएर अड्किएको संस्थापन पक्ष बताउँछ ।

वार्ता समितिमा संस्थापन पक्षबाट नेतृत्व गरिरहेका उपसभापति विमलेन्द्र निधिले केही विषयमा सहमतिनजिक पुगिएको भए पनि नेविसंघको विषयमा कुरा नमिलेको बताए ।

‘केही विषयमा सहमति भएका छन्, केहीमा छलफल चल्दै छ, मुख्य कुरा नेविसंघमा मिलेको छैन,’ उपसभापति निधिले भने । यो समाचार महेश्वर गौतमले आजको राजधानी दैनिकमा लेखेका छन् ।

संस्थापन पक्षका केन्द्रीय सदस्य रमेश रिजाल सुरुमा महाधिवेशनको एजेन्डालाई बैठकमा पेस गर्नुपर्ने अडान लिएको पौडेल समूह हाल आएर तरुण दल र नेविसंघभित्रको नेतृत्वमा भाग खोजिरहेको बताउँछन् ।

‘पहिले महाधिवेशनको एजेन्डा र कार्यतालिकालाई जोडतोडसँग उठाउने पौडेलजीहरू अहिले भागबन्डामा बैठकलाई अड्काइ रहनुभएको छ, उहाँहरू बैठकमा एकपछि अर्को विवाद निम्त्याउँदै महाधिवेशनमा त्यसैलाई एजेन्डा बनाउने पक्षमा हुनुहुन्छ,’ नेता रिजालले भने ।

संस्थापन इतर समूहका नेता नवीन्द्रराज जोशीले भने आफूहरूले महाधिवेशनको एजेन्डा नछाडेको र संस्थापन समूहले लगाएको आरोप सत्य नभएको बताए ।
‘हामीले महाधिवेशनको एजेन्डा छाडेका छैनौं, त्यो गलत हो, बरु आगामी मंसिरमा नै महाधिवेशन गरौं भन्ने हाम्रो प्रस्ताव हो, उहाँहरू फागुनमै पु¥याउने सोचमा हुनुहुन्छ,’ नेता जोशीले भने ।

नेताहरुबीच बुधबारसमेत पटकपटक सहमतिका लागि भन्दै छलफल भएको थियो । तर, नेविसंघ र तरुण दलको नेतृत्व कसले लिने र पदाधिकारी कति रहने भन्नेमा सहमति जुटेको छैन । संस्थापन पक्ष पौडेल समूहलाई दुवै संगठनमा नेतृत्व सुम्पन तयार देखिएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।