स्थानीयको जग्गा पनि ज बर्जस्ती ह डपे नेता पुरीले
काठमाडाैं,पुस ३ । झापाको दमक नगरपालिका –८ का टेकबहादुर लिम्बुकधो बालुवाटारमा साढे १३ कठ्ठा जग्गा थियो ।
०४२ सालमा रतुवा खेलामा आएको बाढीका कारण विस्थापित बनेको लिम्बुको परिवार अहिले भाडाको घरमा बस्दै आएका छन् । बाढीका कारण विस्थापित बनेको लिम्बु परिवारको जमिन स्थानीय नेता गगन पुरीले बलदजफ्ती कब्जामा राखेको छोरा मनप्रसाद लिम्बुले बताए ।
‘हाम्रो बुबाले गणेशबहादुर तामाङसँग किनेको जग्गामा पुरीले ग्यास प्लान्ट बनाउने भनेर पक्की पर्खाल पनि बनाइसकेका छन् ।
जग्गाको खोजी गर्दा पुरीले एक लाख दिन्छु, तर अब जग्गा दिन्न भन्ने जवाफ दिए । त्यसपछि लाखौं मूल्य बराबरको जग्गाको १ लाख लिन मनले मानेन, ’ मनप्रसादले भने । कारोबार दैनिकमा खबर छ ।


