प्रधानमन्त्रीकाे निर्दे शनसँगै ९ हजार किलोमिटर सडकका खा ल्डाखुल्डी पु रिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकासहित देशभरको राजमार्ग सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएसँगै सडक विभागले मर्मतसम्भारलाई तीव्रता दिएको छ। प्रधानमन्त्री ओलीले सरकार पुनर्गठन गरेसँगै मुलुकभरकै सडक कालोपत्रे गर्न निर्देशन दिएका थिए। सडक विभागका महानिर्देशक केशव शर्माले सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भारको काम तीव्र गतिमा भइरहेको बताए।
‘प्रधानमन्त्रीले सडकका खाल्डाखुल्डी पुर्ने निर्देशन दिएसँगै तीव्र गतिमा काम भइरहेको छ,’ उनले भने। उनका अनुसार प्रधानमन्त्रीले तीन महिनाको काम एक महिनाभित्रै गर्न निर्देशन दिएका छन्। ‘त्यसैले सबै स्रोत–साधन प्रयोग गरेर सडक मर्मतसम्भारको काम अघि बढाएका छौं,’ उनले भने। विभागले अहिले नौ हजार किलोमिटरसडकको खाल्डाखुल्डी पुर्ने र मर्मतसम्भारको काम गरिरहेको छ। सडक मर्मतसम्भारको लागि दुई अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
महानिर्देशक शर्माले काठमाडौं उपत्यका र राजमार्गका सडक मर्मतसम्भारले गति लिएको दाबी गरे।‘अहिले द्रुत गतिमा काम भइरहेको छ,’ उनले भने,‘सकेसम्म छिटो सक्ने गरी काम गरिरहेका छौं।’महानिर्देशक शर्माले माघभित्रै सडकका खाल्डाखुल्डी पुर्ने योजना रहेको बताए। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


