राजु माष्टरले ‘दाई न भन्नु ल’ भन्दै जि’स्काए मास्टर्नीलाई – हेर्नुस् भिडियो
काठमाडौ । हास्य टेलि-चलचित्र ‘हल्का रमाईलो’ को दुई पात्र माष्टर र माष्टरनीको जोडी र रोचक केमेस्ट्रि दर्शकहरुले रुचाएको पाईन्छ । माष्टरको रुपमा देखिएका राजु पौडेल र माष्टरनीको रुपमा देखिएकी अनिता बस्नेत देखिएकी छिन् ।
राजु पौडेल र अनिता बस्नेतको जोडीलाई देखेर धेरैले साच्चैको जोडी पनि भनेर झुक्किने गरेको यी दुई बताउछन् । धेरैले सिरियलमा श्रीमान् श्रीमतीको रुपमा रुचाएको हुँदा दर्शकहरु हामीलाई कार्यक्रमहरुमा देख्दा हामी श्रीमान् श्रीमती नै सोच्ने गरेको बताउछन् ।
धेरैलाई नझुक्किनुस भन्दै राजु पौडेलले आफ्नो विवाह भईसकेको उल्लेख गरेका छन् भने अनिताको अझै विवाह सम्पन्न भएको छैन । अनितालाई विवाहको लागी केटा खोज्नुपर्ने भन्दै राजुले कमेडी शैलीमा बताए ।

अनिता बस्नेतको जन्मदिनको अवसरमा यी दुईलाई संगै भेट्दा एकअर्काको बारेमा राम्रोसंग विश्लेषण गरेका छन् । राजु माष्टरले अन्तर्वार्ताको क्रममा कमेडी शैलीमा भने, “अनिता यदि तिमीले विवाह गर्यौ भने मलाई के भनेर चिनाउछौ तिम्रो श्रीमान्लाई ? मेरो सिरियलको श्रीमान् भनेर ?” यहि कुरामा यी दुईले आफ्नो हासो सम्हाल्न सकेनन् । हेर्नुहोस भिडियो कुराकानी


