नि र्वासित क्याटलोनियाली नेतालाई यूरोपेली संसदले दियो आ धिकारिक मा न्यता

ब्रसेल्स । स्पेनको क्याटलोनियाको स्वतन्त्रताको नेतृत्व लिएका कारण बेल्जियममा निर्वासित जीवन बिताइरहेका दुई नेताहरू काल्र्स पुज्डमोन र टोनी कोमिनले यूरोपेली संसद सदस्यको आधिकारिक मान्यता प्राप्त गरेका छन् ।

उनीहरूलाई क्याटलोनियालाई स्पेनबाट अलग राज्य बनाउन सन् २०१७ मा जनमतसङ्ग्रह गराएको र पछि क्षेत्रीय संसदबाट पृथक भएको घोषणा गर्ने अभियानको नेतृत्व लिएको भन्दै स्पेनले पक्राउ पूर्जी जारी गरेको थियो । सुरक्षाको कारण देखाउँदै ब्रसेल्समा बस्दै आएका ती क्याटलोनियाली नेताहरू यूरोपेली संसद सदस्यका रूपमा गत मे महिनामा निर्वाचित बनेका थिए ।

उनीहरूले स्पेनको क्याटलोनिया क्षेत्रबाट निर्वाचन जितेको भएपनि त्यहाँको संसदमा सपथ ग्रहण नगरेको भन्दै यूरोपेली संसदमा प्रवेश गर्न पाउने वा नपाउने भन्ने विवाद रहँदै आएको थियो । तर यूरोपेली संसदमा सदस्य बन्न स्पेनले ‘रोक्न नसक्ने’ भन्दै बिहीबार एक यूरोपेली न्यायिक अदालतले निर्णय सुनाएपछि निर्वासनमा रहेका क्याटलोनियाली नेताहरू शुक्रबार यूरोपेली संसद प्रवेशका लागि आधिकारिक ‘पास’ लिन पुगेका थिए ।

क्याटलोनियाका पूर्व सरकार प्रमुख पुज्डमोन तथा उनको मन्त्रीमण्डलमा स्वास्थ्यमन्त्री रहेका कोमिनले शुक्रबार यूरोपेली सांसदलाई प्रदान गरिने प्रतिक चिन्ह् सञ्चारकर्मीको भीडअघि प्रदान गरिएको छ ।

पुज्डमोनले यूरोपेली संसद प्रवेशका लागि प्रदान गरिने नीलो रङको प्रतीक चिन्ह् पहिरिँदै भने, ‘यो हाम्रा लागि मात्र नभै आफ्ना नागरिकको चाहनामा विश्वास गर्ने सम्पूर्ण यूरोपेलीका लागि खुशीको दिन हो ।’ ‘यो सङ्घर्षबाट प्राप्त सफलताको चिनो हो ।’

म्याड्रिडले यूरोपेली संसदमा निर्वाचित उनीहरूलाई क्याटलोनियाको स्वतन्त्रताका लागि सन् २०१७ मा भएको जनमतसङ्ग्रहमा स्पेनी कानून विपरीत पृथकतावादी भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।

स्पेनले नेताहरूलाई प्रथकतावादी भूमिका खेलेको अभियोग दर्ता गर्न चाहन्छ तर यसका लागि यो मुद्दा पहिला स्पेनी संसदमा छलफल हुनेछ भने स्पेनको सर्वोच्च अदालतले अभियोजनकर्ता तथा प्रतिरक्षा सल्लाहाकारलाई यूरोपेली अदालतको निर्णयबारेमा धारणा पेश गर्न पाँच दिनको समय प्रदान गरेको छ । -एएफपी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖