नेपाली इन्जिनियरले बनाए वि द्युतीय मोटरसाइकल- ‘यात्री’, विदेश समेत नि र्यात गर्न सकिने !

काठमाडाैँ । नेपाली युवा इन्जिनियर टोलीले नेपालमै बनाएको विद्युतीय मोटर साइकल ‘यात्री’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बीच उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो। ४ जना इन्जिनियर सहि तको ७ जनाको टोलीले ‘यात्री डिजाइन स्टुडियो’को स्थापना गरी दुई वर्षसम्मकाे निरन्तर प्रयासमा उक्त सोटरसाइकल निर्माण गरेकाे हाे ।

बाइक निर्माणका लागि कम्पनीले २०१७ देखि रिर्सचको काम सुरु गरेकाे थियाे । यसका सम्पुर्ण स्पेयर पार्ट्स नेपालमै डिजाइन गरेर अमेरिका, चीन, भारत र युरोपेली मुलुकका विभिन्न कम्पनीसँग सहकार्य गरी निर्माण गरिएको कम्पनीका संस्थापक अशिम पाण्डेले जानकारी दिनुभयो । यो मोटरसाइकल नेपाली भूगोल र परिवेशमा बढी उपयोगी हुने कम्पनीले जनाएको छ ।

३० किलोवाट ब्याट्री क्षमताको याे मोटरसाइकल सिङ्गल चार्जमा २ सय ३० किलोमिटर कुद्न सक्ने कम्पनीको दाबी छ । यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यही अनुसार मोटरसाइकल निर्माण गरिएको पाण्डेले जानकारी दिनुभयाे । उक्त मोटरसाइकल वाता वरणमैत्री र सुरक्षाको दृष्टिकोणले पनि बढी उपयोगी भएको कम्पनीकाे भनाइ छ । यसमा अरु मोटरसाइकलको जस्तो मेटल नभई कार्बन फाइबर प्रयोग गरिएकोले आकर्षक हुनुका साथै हलुका र सुरक्षित रहेको कम्पनीको दाबी छ ।

कम्पनीले यसको मूल्य सार्वजनिक नगरे पनि सकेसम्म थोरै मूल्यमा मोटरसाइकल उपलब्ध गराउने पाण्डेले बताउनु भयाे । ‘हाम्रो डिजाइन विदेशबाट बनाएर ल्याउँदा पनि भन्सार शुल्क लगायतमा खासै सहुलियत रहेनछ। यो नीतिगत समस्या सुल्झिएपछि हामी सके सम्म थोरै मूल्यमा मोटरसाइकल उपलब्ध गराउछौँ,’ उहाँले भन्नुभयाे । सरकारले यस्ता खालका नेपालमै निर्माण हुन सक्ने उत्पादनलाई प्रोत्साहन गरेमा विदेश समेत निर्यात गर्न सकिने कम्पनीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।