सात जिल्लाका ए सपी फे रिए, डी आईजी स रुवा वि वादमा
काठमाडाैं,पुस ५ । प्रहरी प्रधान कार्यालले सात जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ ।
शुक्रवार २४ जना एसपीको सरुवा गर्दै जिल्ला इन्चार्जहरू हेरफेर गरिएको हो ।
झापामा एसपी कृष्णप्रसाद कोइराला, धनुषामा रमेशकुमार बस्नेत, सिन्धुलीमा रञ्जु सिग्देल, रौतहटमा रविराज खड्का, चितवनमा गंगा पन्त, मकवानपुरमा सुशीलसिंह राठौर र कञ्चनपुरमा मुकुन्द मरासिनीको सरुवा भएको छ ।
सातै जिल्लामा करीब १० महिनापछि जिल्ला इन्चार्जको सरुवा भएको हो ।
सामान्यत: एक वर्ष पुगेपछि एसपीको सरुवा हुने गर्छ ।
डीआईजी सरुवा विवादमा
गृह मन्त्रालयले बुधवार गरेको दुई डीआईजी सरुवा विवादमा परेको छ । जुनियरको कमान्डमा सिनियरलाई राखेपछि विवाद भएको हो ।
सरुवामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा डीआईजी विश्वराज पोखरेललाई खटाइएको थियो । महानगरीय प्रहरी कार्यालय अन्तर्गतको महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा पोखरेलभन्दा सिनियर डीआईजी सूर्य उपाध्याय छन् । प्रहरीमा जुनियरको कमान्डमा सिनियरहरू खटाइँदैन । सोही कारण सरुवामा समस्या भएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।


