एमसीसीबारे नेकपा सचिवालयले नि र्णय गर्ने, भारतीय नक्सा अ स्वीकार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी निर्णय अधिकार पार्टी सचिवालयलाई दिएको छ । यस्तै, भारतद्वारा हालै जारी नक्सा नेकपाले अस्वीकार गर्ने निर्णय गरेको छ ।

२९ मंसिरदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठक आइतबार सम्पन्न भएको छ । स्थायी कमिटी बैठकमा चर्काचर्की बहस भएपछि सोबारे निर्णय गर्ने अधिकार पार्टी सचिवालयलाई दिइएको छ । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा बैठकमा पक्ष र विपक्षमा गम्भीर छलफल भएको थियो । आजको राजधानी दैनिकमा सुभाष शाहले लेखेका छन् ।

यस्तै, बैठकले हालै लिम्पियाधुरा उद्गमस्थल रहेको महाकाली नदी पूर्वको नेपाली भूभागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई बैठकले अस्वीकार गर्दै सो नक्सा नमान्ने घोषणा गरेको छ । नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण गर्दै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको छ ।

नेपाल–भारत समस्याको सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकामा त्यसविपरीत प्रकाशित नक्सा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ । यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको छ ।

यस सन्दर्भमा नेपाल सरकारले लिएको अडान, सबै राजनीतिक दल, संघसंस्था र सरोकारवालासँग गरेको सर्वपक्षीय र सर्वदलीय बैठकको आयोजना तथा त्यसमार्फत सिंगो देशको एउटै दृष्टिकोण, धारणा र अडान बनाउन गरेको पहललाई बैठकले उचित कदमका रूपमा लिएको छ । यसरी सिंगो राष्ट्रको साझा अडान बनाउन सहयोगी भूमिका खेल्ने सबै राजनीतिक दल र पक्षलाई बैठकले धन्यवाद दिएको छ ।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएको छ । बैठकमा आएको राय, सल्लाह र सुझावलाई प्रतिवेदनमा समावेश गर्ने गरी पारित भएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको संयुक्त राजनीतिक प्रतिवेदन दाहालले प्रस्तुत गरेका थिए । विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए ।

नेकपा प्र्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदनमाथि बैठकमा व्यापक छलफल र विमर्श गर्दै प्राप्त विचार, सुझाव र धारणाको सम्बोधन हुने गरी प्रतिवेदनमा आवश्यक परिमार्जन प्रतिवेदन पारित भएको बताए ।

यस्तै, महासचिव पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि प्राप्त सुझाव र धारणाको आधारमा अन्तिम रूप दिन आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने बैठकले निर्णय गरेको छ । बैठकले २३ पुसमा काठमाडौंमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टी एकताको २० महिनापछि सत्तारूढ नेकपाको केन्द्रीय कमिटी बैठक बस्दै छ । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । पार्टी एकतापछि निर्वाचन आयोगमा हस्ताक्षर बुझाउन र परिचय तथा शपथग्रहणका लागि एकचोटि बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन । तर, पार्टीको विधानमा केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्ने व्यवस्था छ । ४ सय ४५ केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ । यस्तै, विधान संशोधन, पार्टीको एकता महाधिवेशनलगायत विषयमा समेत गम्भीर छलफल हुने नेकपाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।