अशोक दर्जी र पल शाह देखिए आ-आफ्नो जोडीसंगै, अशोकले पारे चकित – हेर्नुस् भिडियो
काठमाडौ । चर्चित बाल गायक अशोक दर्जी र नायक पल शाह पहिलोचोटी एकसाथ संगै देखिने भएका छन् । टंक बुढाथोकी र कविता सिवाकोटीको स्वरमा रहेको नयाँ गितको भिडियोमा अशोक दर्जी र पल शाहसंगै मोडलका रुपमा देखिने भएका छन् ।
आज उक्त गितको भिडियोको शुटिंग धमाधम बसुन्धारा स्थति पानसमा भईरहेको छ । चर्चित नृत्य निर्देशक कविराज गहतराजको निर्देशनमा बन्न लागेको भिडियोमा पल शाह, अशोक दर्जी, एआर बुढाथोकी सहित आयुष अंशुले अभिनय गरेका छन् ।
यस भिडियोमा पल शाहले बिना राउतसंग कम्मर मर्काउने छन् भने अशोक र एआरले सेलिजा र सेलिना संग कम्मर मर्काउने छन् । आज उक्त भिडियोको शुटिङ्ग लगभग सकिने तयारी रहेको निर्देशकले बताएका छन् ।

अशोक दर्जीले शुटिङ्गको क्रममा आफ्नो नयाँ सोलो गित चाडै रिलिज गरिने बताएका छन् । आफ्नो उक्त गित आउँदा दर्शक छक्क पर्ने छन् भन्दै सबैलाई जानकारी दिएका छन् । जेष्ठ ३ गते उक्त गित रिलिज गर्ने भन्दै अशोकले गितको शब्द सुनाएका छन् ।
अशोकले आफ्नो गितको शब्द सुनाउदै गर्दा सबैलाई भावुक समेत बनाएका छन् । पल शाह समेत अशोक दर्जीको उक्त गीत दर्शकको मन मस्तिष्कमा बस्न सफल हुने बताए ।


