चम्सुरीलाई छोरी नुनिमाको विवाहको टे’न्सन्, ज्ञानी र दुःख पाएको केटा ज्वाई बनाऊने चाहना (भिडियो सहित)

काठमाडौ । हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ द्वारा निर्देशित पहिलो नेवारी चलचित्रको आज पहिलो प्रमोसनल गित सार्वजनिक गरेकी छिन् । गित सार्वजनिक कार्यक्रममा पल्पसा डंगोल र छोरी नुनिमा डंगोल संगै देखिएका थिए ।

पल्पसाले निर्देशन गरेको चलचित्रबाट आफ्नै छोरी नुनिमा डंगोललाई नायिकाको रुपमा डेब्यु गराउंदै छिन् । नुनिमालाई नेवारी भाषा प्रष्ट नआउने हुँदा चलचित्रमा काम गर्दा सुरुवाती दिनमा अफ्ठ्यारो भएको उल्लेख पल्पसाले कार्यक्रममा गरेकी छिन ।

छोरीले दिनहु मेहेनत गरेर भाषा सिकेर चलचित्रमा राम्रो संग काम गरेको समेत पल्पसाले बताएकी छिन् । नुनिमाले समेत आफुलाई भाषाले गर्दा सुरुवातमा गाह्रो भएको तर केहि समय पश्चात काम गर्दा सहज भएको उल्लेख गरेकी छिन् ।

पल्पसा र नुनिमाले कार्यक्रम पश्चात कुराकानी गर्दैगर्दा आफु दुई बीचको धेरै गोप्य कुराहरु खोलेका छन् । पल्पसाले छोरीलाई ब्वा’इफ़्रेण्ड बनाउनु तर दुखि र मेहेनतीलाई चाहि बनाउनु भनेर छोरीलाई टिप्स समेत दिएकी छिन् । छोरी नुनिमा समेत आफुलाई यस्तो खुलेर साथ् समर्थन गर्ने आमा पाउँदा आफु भाग्यमानि रहेको खुशी समेत व्यक्त गरेकी छिन् ।

पल्पसा भन्छिन्, “मलाई विवाह लगन भएको महिना आयो कि डर लाग्न थाल्छ । छोरीलाई विवाह गर्दिन पर्ने र मुख्य भनेको कस्तो ज्वाई पर्ने हो र कसले लाने हो मेरो छोरी भन्ने चिन्ताले पो सताउछ अहिले नै । मैले त छोरीलाई ब्या’इफ़्रेण्ड बनाउनु तर दुखि र मेहेनतीलाई बनाउनु भनेर सिकाको पो छु । बरु दुख परेको पैसा नभएको मान्छेलाई ज्वाईं बनाएर घरमा ल्याउन मन छ ।”

पल्पसा डंगोललाई दर्शकले चम्सुरीको पात्रमा बढि रुचाएका छन् । मेरी बास्सैमा चम्सुरीको रोल गरे संगै पल्पसाको चर्चा हवात्तै बढेको हो । चलचित्र देखि टेलि फिल्ममा काम गरेकी पल्पसाले पहिलो चोटी चलचित्र निर्देशन गरेकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖