देव गुरुङको पूर्वेली भाका ‘बिकम बारुलौं’ को ‘रिमेक भर्सन’ सार्वजनिक (भिडियो सहित)

गायक तथा संगीतकारमा सक्रिय देव गुरुङको चर्चित पूर्वेली गीत ‘बिकम बारुलौं…’ को रिमेक भर्सनको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

जमर्को इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सो गीत सार्वजानिक गरिएको हो । म्यूजिक भिडियोमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । मोरङको जाँते र मिक्लाजुङमा छायांकन गरिएको सो भिडियोमा कोरस राखनेर शिव श्रेष्ठले कोरिग्राफी गरेका हुन् ।

गीतको रचना÷संगीत÷गायन देव गुरुङले सम्हालेका छन् । चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सन्तोष राईको निर्देशन रहेको यस गीतलाई आर.बी. स्टुडियो काठमाडौं र काब्य स्टुडियो दमकमा रेकर्ड गरिएको हो ।

गाउँले परिवेशको यस म्यूजिक भिडियोमा देवराज सिग्देलको छायांकन, महेश सिग्देलको मेकअप र दिनसन साहको सम्पादन रहेको छ । यस गीतलाई म्यूजिक भिडियो र चलचित्र निर्माणमा सक्रिय रहँदै आएको क्रेजी इन्टरटेमेन्टले निर्माण गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।