नर्सिङ केयर गिभरको लागि जापान जानेहरुको भाषा परीक्षा यही जनवरी र मार्चमा
काठमाडौं । जापानमा नर्सिङ केयर गिभरका लागि काम गर्न जानेहरुका लागि यही जनवरी र मार्चमा भाषा परीक्षा हुने भएको छ। भाषा परीक्षा जनवरी ७, ८, १४, १६, २१, २३, २८, २९ र मार्च ३, ५, ९, ११, १२, १५, १९ मा तोकिएको छ।
शुक्रबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार २ हजार ३ सय कामदारको माग भएको छ। जनवरीमा हुने भाषा परीक्षाबाट १ हजार कामदार छनोट गरिने छ। जापानले मार्चको परीक्षामा नर्सिङ केयरका लागि कोटा पनि बढाएको छ। भाषा तथा सीप परीक्षामा उत्तीर्ण १ हजार ३ सय कामदार जापानले लैजाने भएको हो।

जापान फाउण्डेशनले युनिर्भसल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्यूटमा परीक्षा केन्द्र तोकेको छ। परीक्षा कम्प्यूटरमा आधारित हुने छ। भाषा परीक्षा उत्तीर्ण भएपछि सीप परीक्षण हुनेछ।
परीक्षा शुल्क २५ सय रुपैयाँ तोकिएको छ। नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र परीक्षामा सहभागी हुन आवश्यक पर्ने छ। थप जानकारीका लागि तलको सूचना हेर्नुहोस्



