हाम्रो प्रेमलाई बजारिकरण गरियो (भिडियो सहित)
काठमाडौ । चर्चित निर्देशक ऋषि लामिछाने र कलाकार सरिता लामिछानेको प्रेमलाई केही युट्युब मिडियाले बजारिकरण गर्दै प्रस्तुत गरेकोमा यो जोडीले दुखेसो पोखेका छन् । श्रीमान श्रीमतीको मायालाई नबुझेर रो मान्स भन्दै लेखेकोमा ऋषि र सरिताले दुख व्यक्त गरेका छन् ।
क्यानाडा नेपालसंग कुराकानी गर्दै ऋषि लामिछानेले भने, ” एक अन्तर्वार्ताको क्रममा हामीले मायाले गालामा चु म्बन गरेको दृश्यलाई युट्युबमा रो मान्स भन्दै हालेकोले हामीलाई चित्त दुखेको छ । माया र रो मान्स बीच फरक नबुझेर त्यसरी बजारिकरण गर्दा केहि खल्लो लागेको छ । हुन त त्यहि प्रस्तुतिले गर्दा कसैको कमाई भयो होला तर उक्त टाईटलले गर्दा हामीले केहि नराम्रो कमेन्टहरु देख्नु पर्दा सहि तरिकाले प्रस्तुति गरिदिएको भए हुने थियो भन्ने लागेको हो ।”
सरिता लामिछाने भन्छिन्, “श्रीमान श्रीमतीको माया भनेको प वित्र हुन्छ । दुई वर्ष अगाडि मेरो जन्मदिनमा मेरो श्रीमानले माया साट्दै चु म्बन गरेकोलाई रोमान्स भन्दै बढाई चढाई गरेकोमा राम्रो लागेन । श्रीमान श्रीमतीको माया प्रेमलाई बिकाउ गर्ने माध्यम बनाउन भएन । प्रेम र रो मान्स फरकहो भन्ने बुझ्नुपर्ने हो र यो कुरा हरेक तिर फरक तरिकाले प्रस्तुत गर्दा नराम्रो लाग्यो ।”

सरिता लामिछाने र ऋषि लामिछानेको जोडीलाई दर्शकले अत्याधिक रुचाईरहेका छन् । यो जोडीको रोमान्चक कुराकानीलाई दर्शकले मन पराएका छन् । जत्ति सरल छन् यी जोडी त्यत्ति नै सरल तरिकाले घ टनाहरुलाई लिने गर्छन । यी दुईको प्रेम र विवाहको कथाहरु पनि रोचक छन् साथै यी दुई बीचको समझदारी देखेर यो जोडीलाई एक उदाहरणीय जोडीको रुपमा लिईने गरिएको छ ।
कुराकानीको क्रममा ऋषि लामिछानेको अल्छी बानिको बारेमा सरिता लामिछानेले प्रष्टाईन । ऋषि लामिछाने व्यायम गर्न अल्छी गर्ने हुँदा सरिता लामिछानेले किच-किच गरिरहने भन्दै सरिता र ऋषिले झ गडा हुने कारण उल्लेख गरेका छन् । सरिता र ऋषि चाडै नै तुलसी घिमिरेसंग मिलेर केहि नया प्रयोग गर्ने बताएका छन् । नया ट्रेण्डसंग जाने कि नया केहि सोच्ने भन्ने अन्योलमा रहेकाले चाडै नै घोषणा गर्ने उल्लेख गरेका छन् ।


