अब कर नबढाऊने अर्थमन्त्रीको घोषणा

काठमाडौँ, २४ पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले अब कर नबढ्ने घोषणा गर्दै आगामी दिनमा कर उठाउने कामले तिव्रता पाउने बताउनुभएको छ ।

काठमाडौँमा ‘नेपाली अर्थतन्त्र : आजको अवस्था र भोलिको दिशा’ शीर्षकमा नेपाली अर्थतन्त्रले भोगिरहेका चुनौती, वर्तमान सूचक र आगामी रणनीतिका विषयमा आयोजित कान्तिपुर इकोनोमिक समिटमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले अब कर बढ्ने नभई कर उठाउने क्षेत्रको सुधार मात्रै हुने बताउनुभयो ।

स्थानीय निकायले कर उठाएको विषयमा टिप्पणी गर्दै अर्थमन्त्री खतिवडाले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने बताउनु भयो । स्थानीय तहले पनि केही आम्दानीको स्रोत पहिल्याउनुपर्ने अर्थमन्त्री खतिवडाको सुझाव रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।