जनताको सम्मान नहुने देशमा कहिल्यै उन्नति हुँदैन

काठमाडाैं । सिक्किमका पूर्व मुख्यमन्त्री एवं गीतकार पवन चाम्लिङले जनताको सम्मान नहुने देशमा कहिल्यै उन्नति नहुने बताउनुभएको छ ।

काठमाडौमा बिहीबार गीतकार संघ, नेपालले प्रदान गरेको सम्मान ग्रहण गर्दै नेता चम्लिङले नेपाली भूमिमा आफूले आत्मीय स्पर्श पाउने बताउनुभयो । उहाँले नेपालमा आफूले जीवनकै सबैभन्दा ठूलो सम्मान प्राप्त गरेको बताउनुभयो ।

सिक्किममा नेपाली भाषाको संरक्षणमा अथक प्रयास गरिएको भन्दै नेता चाम्लिङले अब सिक्किम विश्वका लागि नमूना बनेको बताउनुभयो । सिक्किम विश्वकै पहिलो जैविक राज्य भएको जानकारी दिँदै नेता चाम्लिङले जनताको प्रयासले सिक्किमा लोककल्याणकारी राज्य सफल भएको दाबी गर्नुभयो ।

प्रकृति, धर्मसंस्कृति र लोककथनलाई समेत सदुपयोग गरी जनशक्तिकै भरमा सिक्किमले पर्यटनका साथै सर्वांगीण विकास गरिएको भन्दै नेता चाम्लिङले जनकल्याणको भावना राखेर राजनीति गर्न सुझाव दिनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।