हेमन्त शिशिर र सन्ध्याको गीत ‘माया हुन्छ हुन्छ’मा सुनिल र रक्षा श्रेष्ठको अभिनय (भिडियो सहित)

काठमाडौं । पछिल्लो ब्यापक चर्चामा आएका मोडल तथा निर्देशक सुनिल क्षेत्रि र मोडल रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘माया हुन्छ हुन्छ‘ सार्बजनिक भएको छ । गायक गीतमा हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वरमा रहेको गीतको लय तथा शब्द बिदुर आपगाइँले गरेका हुन् ।

चलचित्र निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको उक्त भिडियोले थोरै समयमा चर्चा बटुल्न सफल भएको छ । थुप्रै नेपाली चलचित्रहरू निर्देशन गरिसकेका निर्देशक पाण्डेद्वारा निर्देशित पछिल्लो म्युजिक भिडियोमा नयाँ प्रयोगहरू गरेका छन् । दोहोरी गीत भएपनि फरक शैलीमा म्युजिक भिडियो बनाइएको निर्देशक पाण्डेले बताए ।

‘दोहोरी गीत हो । कलाकारलाई अलिक फरक तरिकाले प्रस्तुत गर्न खोजेको छु ’, उनले भने, ‘म्युजिक भिडियो राम्रो बनेको छ ।’ भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।