आफ्ना फ्यानलाई फकाउन अनमोल केसीलाई ह’म्मे – हेर्नुस् भिडियो
काठमाडौ । नायक अनमोल केसीले आज ‘मिनिसो’ ब्राण्डको प्रचार प्रसार गर्दै आफ्नो फ्यानहरु संग भेटघाट गरेका छन् । मिनिसोका विभिन्न स्टोरमा पुगेर अनमोलले फ्यानहरु संग अन्तरक्रिया गरेका छन् ।
अनमोल केसीलाई भेट्न प्राय युवा युवतीहरुको भिंड देखिएको थियो । अनमोलको फोटो भएको टिसर्ट लाएर कयौं फ्यानहरु उनलाई भेट्न भनि आएका थिए भने केहि फ्यानहरुले उनको लागि गिफ्ट बोकेर समेत आएका थिए ।
केहि युवती फ्यानहरु त अनमोललाई छुन पाउने बित्तिकै अंगालोमा खुशीले धुरुधुरु रुन थाले । अनमोल केसीलाई आफ्नो फ्यानहरु मायाले रुँदा फकाउन हम्मे हम्मे नै परेको थियो ।

अनमोल केसीले फ्यानहरुको माया पाएको देखेर खुशी व्यक्त गर्दै भने, “मेरो चलचित्र झण्डै एक वर्ष देखि आएको छैन तर दर्शकहरुले अझै माया भने मार्नु भएको रहेनछ ।
फ्यानहरुले अझै बढि माया गरेको देख्दा म खुशीले हर्षित छु र यो मेरो लागि अझै मेहेनत गर्न उर्जाको रुपमा प्रस्तुत भएको छ । मेरो फ्यानहरुका कारण म छु र मैले फ्यानहरुलाई सधै मनमा सजाएर राखेको छु ।”


